
धादिङ, ५ जेठ– त्रिशूलीमा आइतबार बिहान यात्रु बस खसेको छ ।
धादिङको जगुरी गाउँपालिका–५ बन्छेटारबाट बस त्रिशूली नदीमा खसेको हो । बसमा कति यात्रु थिए भन्ने यकिन हुन बाँकी छ । प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको बसमा खचाखच यात्रु थिए । प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । हालसम्म तीन जनाको शव फेला परेको छ ।