१२८ मुलुकसँग नेपालको व्यापार घाटा !

काठमाण्डु टुडे २०७६ जेठ ५ गते ७:४३ मा प्रकाशित

दार्चुला, ५ जेठ– नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ ।

आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकामा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार भने धेरै न्युन छ ।

छिमेकी मुलुक चीन र भारतसँगको व्यापार घाटा मात्रा सबैभन्दा बढी छ । पछिल्लो ९ महिनामा भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ । नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ । कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us