दार्चुलामा भारतको यस्तो दादागिरी

काठमाण्डु टुडे २०७६ जेठ ५ गते ७:४० मा प्रकाशित

दार्चुला, ५ जेठ– दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ ।

भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठुल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ ।

विस्फोटनका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस–१ का दानसिंह तिंकरीले बताए । तिंकरीका अनुसार व्याँस २, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदल मार्ग ठाउँठाउँमा क्षतिग्रस्त भएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us