बाँकेमा प्रहरीले चलायो ६५ राउण्ड गोली

काठमाण्डु टुडे २०७६ जेठ ४ गते २१:१७ मा प्रकाशित

बाँके, ४ जेठ– बाँकेको नरैनापुर गाउँपालिकामा ६५ राउण्ड गोली चलेको छ ।

चरेससहित पक्राउ परेका भारतीय नागरिकाको रिहाइको माग गर्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको हो । प्रहरीले कपडा बेच्न आएका भारतीय नागरिक देवी विश्वकर्मालाई शुक्रबार पाँच किलो चरेशसहित पक्राउ गरेको थियो ।

विकको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा तोडफोड गरेपछि भिड तितरबितर गर्न ६५ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए । घटनामा नेपाल प्रहरीका एक र सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन् । घटना नियन्त्रणमा लिन नेपालगञ्जबाट थप टोली घटनास्थल पुगेको थियो । चरेशसहित पक्राउ परेका विकलाई नेपालगन्जमा ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us