केपी ओलीले सिन्को भाँच्न सकेननः देउवा

काठमाण्डु टुडे २०७६ जेठ ४ गते १६:०६ मा प्रकाशित

विराटनगर, ४ जेठ– काँग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले डेढ वर्षमा एउटा सिन्को समेत भाँच्न नसकेको आरोप लगाएका छन् ।

देउवाले आगामी दिनमा पनि सरकारले मुलुक र जनताको हितमा सिन्को नभाँच्ने दाबी गरे । ‘सरकार भनेको डेढ वर्षमा सिन्को समेत भाँचेको छैन’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग देउवाले भने, ‘अब पनि देश र जनताको पक्षमा काम गर्ने म देख्दिन ।’ सभापति देउवाले संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसदबाट पारित गर्न नदिने चेतावनी दिए ।

मिडियाले आफ्ना बारेमा पनि बेलाबेलामा लेख्ने गरेको भन्दै उनले कहिल्यै प्रतिबन्ध लगाउने कानून नल्याएको बताए । गलत समाचार लेख्ने पत्रकार र सञ्चार माध्यम आफै. सकिएर जाने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us