काठमाण्डुमा वर्ल्डलिंकका पूर्व कर्मचारीकाे यस्ताे धन्दा

काठमाण्डु टुडे २०७६ जेठ २ गते १५:३१ मा प्रकाशित

काठमाण्डु, २ जेठ – वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट निरज कुईकेल पक्राउ परेका छन् ।

उनले कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाण्डुका बिभिन्न स्थानमा गएर ईन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाईन काट्ने लगायतका कार्य गरेका थिए । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले बसून्धाराबाट पक्राउ गरेको थियो ।

ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको रिटेल्स सेल्स एसिसटेन्टमा कार्यरत रहेका कुईकेलले २०७५ माघबाट कम्पनीमा काम गर्न छोडेको र त्यसपछि १५ जना भन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहक समेत बनाई अबैध रुपमा ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ ।

कुईकेललाई ठगी मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us