तयार भयो राष्ट्रपति चढ्ने नयाँ हेलिकोप्टर

काठमाण्डु टुडे २०७६ जेठ १ गते १०:२६ मा प्रकाशित

काठमाण्डु, १ जेठ –कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ । पार्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो ।

इटाली र ब्रिटिस कम्पनीको साझेदार परियोजनाअन्तर्गत बनेको उक्त हेलिकोप्टर ठूलो आर्थिक भारपछि नेपाली आकाशमा उडानका निम्ति तयार भएको छ ।

सम्भवतः त्यसले अर्को सातादेखि राष्ट्रपतिको उडान भर्नेछ ।

सम्पूर्ण पार्टपुर्जा किन्दा, सामान आउन ढिलाइ हुँदा अर्थात् डलरको भाउमा आएको उतारचढावका कारण ६ करोड दण्ड तिरेर बल्ल नेपाल सरकारको स्वामित्वमा आएको छ ।

आठ महिनासम्म त्यसै थन्किएर बसेको थियो । १४ दशमलव एक मिलियन डलरमा अर्को हेलिकोप्टर पनि ल्याउने अर्डर भएको छ । यो वर्षको अन्त्यसम्ममा उक्त हेलिकोप्टर आउने अर्थ स्रोतको दाबी छ ।

प्राकृतिक प्रकोप र विशिष्ट व्यक्तिको उडानमा यसको प्रयोग हुन्छ । एउटा अस्ती सोमबार परीक्षण उडान गरिएको छ । सम्भवतः अर्को हेलिकोप्टर राष्ट्रपति, प्रधानमन्त्रीहरुको उडानमा मात्र प्रयोग हुनेछ । जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us