अर्थमन्त्रीको निर्देशनः एक रुपैयाँ पनि कर नछोड्नु

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्री खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराए ।

शुक्रबार आन्तरिक राजस्व विभागले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा आक्रोश पनि व्यक्त गरे । कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले ‘सेल्स प्वाइन्ट’ मै मूल्य वृद्धि कर असुली गर्न पनि आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई सचेत गराए । उनले सेल्स गर्ने तर मूल्य अभिवृद्धि कर तिर्न महिनौँ लगाउने प्रथाको अन्त्य गरेर अघि बढ्ने योजना पनि अघि सारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us