
काठमाण्डु, २५ वैशाख – तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् ।
धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे ।
विक पूर्व संविधान सभा सदस्य रहेकी थिइन् । सो अबसरमा बोल्दै प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गाी संगठन र कार्यविभाजन एक दुई दिन भित्रै टुंग्याइने बताए । अध्यक्ष प्रचण्डले अबको केही दिनमै पार्टी एकतासम्बन्धी अर्को घोषणा हुने बताएका छन् ।
उनले भने, ‘आजमात्र एक कदम अगाडि बढेका छौं । केही दिनभित्रै तपाईहरुले लेख्न र प्रचार गर्न पाउनुहुनेछ ।’ ने क पाले पोलिटब्युरो केन्द्रीय सदस्यको कार्य विभाजन, जनवर्गीय संगठनको एकता जेठ ३ गते पार्टी एकता भएकै दिन घोषणा गर्ने तयारी गरिरहेको छ ।