
एजेन्सी – मध्य अमेरिकामा पर्ने राष्ट्र ग्वाटेमालामा प्रहरीेले जेलभित्रै अन्दाधुन्दा गोली प्रहारगर्दा ७ कैदीको मृत्यु भएको छ ।
राजधानी ग्वाटेमाला सिटीस्थित पाभोन जेलमा कैदहरुबीचको भएको हिंस्रक झडपलाई नियन्त्रणमा लिन प्रहरीले जेलभित्रै गोली प्रहार गर्नुपरेको जनाइएको छ ।
प्रहरीको गोली लागेर अन्य २० जना घाइते भएका छन् । स्थितीलाई नियन्त्रणमा लिन उक्त जेलमा १५ सय सेना तथा प्रहरी खटाइएको थियो ।
एक हजार कैदी राख्ने क्षमताको उक्त जेलमा ४ हजार कैदीहरु राखिएका छन् । अधिकारीहरुका अनुसार मंगलबार दुई कैदीको झडपले विभिन्न समूहबीच हिंस्रक झडपको अवस्था निम्तिएको थियो ।
मंगलबार ८ घन्टासम्म जेलमा झडप भएको जनाइएको छ । १५ सयन सेना तथा परिचालन भएपछि भने अवस्था नियन्त्रणमा आएको हो ।
सोही जेलमा सन् २०१६ मा कैदीबीच झडपहुँदा १४ जनाको मृत्यु भएको थियो ।