वेष्ट इन्डिजको उपकप्तान बने क्रिस गेल

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १३:१५ मा प्रकाशित

एजेन्सी – वेष्ट इन्डिजले एकदिवसीय क्रिकेट करिअरको अन्त्यमा रहेका क्रिस गेललाई उपकप्तानको जिम्मेवारी दिएको छ । इङल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकपका लागि गेललाई उपकप्तानको जिम्मेवारी दिइएको हो ।

३९ वर्षिय गेलले यो विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका छन् । उनले वेष्ट इन्डिजबाट १ सय टेष्ट क्रिकेट खेलेका छन् ।

२ सय ८९ एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेल र ५८ ट्वान्टी–२० खेलेका गेलले १८ हजार ९ सय ९२ रन बनाएका छन् । गेलसँग अन्तर्रा्ष्ट्रिय क्रिकेटको लामो अनुभव भएकाले पनि उपकप्तानको जिम्मेवारी दिइएको हो । हालसम्म गेलले विभिन्न समयमा ९० खेलमा कप्तानी गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us