
काठमाण्डु, २३ वैशाख– काठमाण्डुको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सनसनी फैलिएको छ ।
कोटेश्वरचोक नजिकै झोलामा संकास्पद वस्तु भेटिएपछि बम भएको आशंकामा सर्वसाधारणले प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली उक्त स्थानमा पुगेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरमा प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द काफ्लेले शंकास्पद बस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम जारी रहेको बताए ।