उपेन्द्र र बाबुरामको पार्टीमा दुई अध्यक्ष, आठ उपाध्यक्ष

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १८:०९ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीबीच एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारी घोषणा गरिएको छ ।

एकतापछि बनेको पार्टीको केन्द्रीय अध्यक्षमा यादव र संघीय परिषदका अध्यक्षमा भट्टराई छन् । यस्तै वरिष्ठ नेतामा अशोक राई तथा सह–अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् । नयाँ पार्टीमा ८ जना उपाध्यक्ष छन् ।  उपाध्यक्षहरुमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् । यस्तै तीन महासचिव छन् । महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कंङदङ्वा र रामसहायप्रसाद यादव छन् । उपमहाचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी गरी ३ जना रहेका छन् । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us