
काठमाण्डु, २३ वैशाख – नेपाल प्रहरीका आठ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो ।
सरुवा अनुसार महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाण्डु परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन् ।
त्यस्तै अपराध महाशाखाका रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् । सुवेदी यसअघि प्रहरी प्रवक्ता थिए भने लामा महानगरीय प्रहरी परिसर काठमाण्डुमा थिए । त्यसैगरी थापा पूर्वी क्षेत्रीय तालिमकेन्द्र विराटनगरमा थिए ।
त्यस्तै पुरुषोत्तम कँडेल विराटनगर तालिम केन्द्र, पोषराज पोखरेल संघीय प्रहरी इकाइ कार्यालय भेरी, घनश्याम अर्याल प्रहरी मुख्यालय (विशेष सशस्त्र प्रहरी महाशाखा) र विश्वराज पोखरेल प्रहरी निरिक्षणालयमा सरुवा भएका छन् ।