
काठमाण्डु, २३ वैशाख– महानगरीय प्रहरी परिसर काठमाण्डुको प्रमुखमा एसएसपी उत्तम सुदेवी आएका छन् ।
वसन्त लामालाई हटाएर सुवेदीलाई काठमाण्डु प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । उनी यसअघि प्रहरी प्रवक्ता थिए । लामालाई लागुऔषध व्युरोमा सरुवा गरिएको छ । केही दिनअघि मात्र सरकारले डिआइजीमा बढुवा गरेका विश्वराज पोखरेल ब्युरोको प्रमुख छन् । काठमाण्डु प्रहरी प्रमुखमा पोखरेल हटेपछि लामा आएका थिए ।
गृहमन्त्री रामबहादुर थापाले लामा हटाएर सुवेदीलाई ल्याउने निर्णय गरेका हुन् ।