बालुवाटार जग्गाको दर्ता खारेज गर्दै सरकार

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते ६:२८ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिइन् ।
‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ’, उनले भनिन्, ‘अब खारेजी प्रक्रिया छ ।’ ‘१५ दिन कित्ता पत्ता लगाउन लाग्यो । छानबिनका लागि सोमबारसम्म म्याद दिएको छु ।’, उनले भनिन्, ‘१७÷१८ कित्ता अझै पत्ता लगाउन बाँकी छ । ती जग्गाको दर्ता खारेज गरेर सरकारको नाममा ल्याइन्छ ।’ अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us