गर्भवती महिला र बच्चा मारिएको खबर गलतः इजरायली सेना

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १६:०२ मा प्रकाशित

एजेन्सी – इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएको इजरायली सेनाको दाबी छ ।

आतङ्ककारी संगठनले फैलाएको यो एक प्रचार मात्र भएको इजरायली सैनिक प्रवक्ता रोनेन मनेलिस्ले आफ्नो ट्वीटमार्फत बताएका छन् ।

इजरायलले गरेको हवाई आक्रमणमा मारिएका भनिएका यी आमा र छोरीलाई हमास समूहले हतियारको प्रयोगबाट मारिएका रोनेनले बताएका छन् ।

सेनाका प्रवक्ता रोनेनले अन्य विस्तृत विवरण भने केही पनि बताएनन् । दुभाग्यबस भएको यस मृत्युको कारण इजरायलको शस्त्रअस्त्र नभइ हमाजले प्रयोग गरेको रकेट र विस्फोटक पदार्थ भएको सेनाका प्रवक्ताले बताएका छन् ।

इजरायलले गरेको हवाइ आक्रमणमा अबु आरार र उनकी १४ महिनाकी छोरीको घरमा नै मृत्यु भएको गाजाका स्वास्थ्य मन्त्री शनिबारले बताएका थिए ।

प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४ सय ३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us