
काठमाण्डु, २२ वैशाख – प्रहरीले गोरुको मासुसहित काठमाण्डुको बौद्ध क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान प्रहरीले गोरु काटेर मासु बोकी हिँडिरहेको अवस्थामा काठमाण्डु महानगरपालिका–६ बौद्ध तीनचुली नागमन्दिरबाट चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर हात्तीसुड गाउँपालिका–१० घर भई हाल तीनचुली बस्दै आएका २८ वर्षीय मिलन स्याङ्ताङसहित ४ जना रहेका छन् ।
गोरु काटेर मासु बोकेर हिँड्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका चारैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।