एमबाप्पेलाई तीन खेल र नेइमारलाई आठ खेलमा प्रतिबन्ध !

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते १३:५६ मा प्रकाशित

एजेन्सी – फ्रेन्च फुटबल महासंघ (एफएफएफ)ले पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । एफएफएफले शुक्रबार राति कारबाही सुनाएको हो ।

एमबाप्पे फ्रेन्च कपअन्तर्गत गत साता रेनेसविरुद्धको फाइनल खेलमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । मैदानमा गल्ती गरेका कारण उनलाई रातो कार्ड दिइएको थियो । त्यसपछि अनुसन्धानमा रहेका एमबाप्पेलाई एफएफएफले तीन खेल खेल्न नपाउने कारबाहीको निर्णय सुनाएको छ ।

फ्रेन्च कपको फाइनलमा रेनेसले पीएसजीलाई सडन डेथमा ६–५ गोलले हराउँदै उपाधि जितेको थियो । निर्धा्रित समयमा खेल २–२ गोलको बराबरीमा सकिएको थियो । पीएसजी उपाधि जित्नबाट बञ्चित भएपछि नेइमारले पनि समर्थकमाथि अभद्र व्यवहार गरेका थिए ।

उपविजेताको पदक थाप्न जाने क्रममा नेइमारले समर्थकलाई मुक्का हानेका थिए । सोही घटनामाथि अहिले एफएफएफले अनुसन्धान गरिरहेको छ । नेइमारलाई आठ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us