
काठमाण्डु, २१ बैशाख – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भस्कम्पकाे परकम्प गएको छ ।
आज (शनिबार) बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको गोर्खा भस्कम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् ।