
काठमाण्डु, १५ वैशाख – एएफसी यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको छनोट खेलमा पनि नेपाल पराजित भएको छ । पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ ले पराजित भएको नेपालले आइतवार उज्वेकिस्तानसँग ४–० ले पराजित भएको हो ।
लगातार दोस्रो हारपछि अर्को वर्ष हुने एएफसी यू–१९ च्याम्पिनसिप खेल्ने नेपालको सपना सकिएको छ । म्यानमारसाग पहिलो खेलमा १–० ले पराजित भएको उज्वेकिस्तानले नेपालाई हराउँदै अन्तिम चरणमा छनोट हुने सम्भावना कायम राखेको छ ।
छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले मंगलवार घरेलु टोली म्यानमारसंग खेल्नेछ । छनोटको शीर्ष दुई टोलीले थाइल्याण्डमा आगामी अक्टोबरमा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ ।