खुलामञ्चमा डोजर चलेपछि मेयरले दिए यस्तो प्रतिक्रिया

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन् ।

खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो । महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा खड्गीलाई जिम्मेवारी दिएको थियो ।

शनिबार खुलामञ्चका सटर भत्काएपछि मेयर शाक्यले उपमेयरले प्रतिवेदन दिन ढिलाइ गरेकोले डोजर लगाएर सटर भत्काउनुपरेको प्रतिक्रिया दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us