फोरम नेपाल सुनसरीको अध्यक्षमा खत्वे विजयी

काठमाण्डु टुडे २०७६ वैशाख १३ गते ११:०३ मा प्रकाशित

इनरुवा, १३ बैशाख – संघीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मत अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् ।

बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी यादवले चार मत मात्र प्रात गरेका थिए । त्यसैगरी फोरमको उपाध्यक्षमा सरिफ रैन, सचिवमा रवीन्द्र राई, सहसचिवमा अभिनन्द यादव र कोषाध्यक्षमा सुमित्रा राई चयन भएको पार्टीले जनाएको छ ।

जिल्ला कार्यसमिति ४८ सदस्य गठन भएको पार्टीले जनाएको छ । अध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा सहमतिमा पदाधिकारी चयन गरिएको पार्टीका अभिनन्द यादवले बताए ।रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us