श्रीलंका बम विस्फोटः मृत्यु हुनेको संख्या २९० पुग्यो

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका छन् ।

इस्लाम धर्मावलम्बीमाथि लक्षित गर्दै आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणलगत्तै श्रीलंकाभर लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ । यद्यपि घटनापछि सामाजिक सन्जालमा लगाइएको प्रतिवन्ध कायमै छ ।

प्रहरीले शंकास्पद २४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । उनीहरुको सम्पर्क अन्तर्राष्ट्रिय संगठनसँग छ कि छैन भनेर अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us