
काठमाण्डु, ८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन यही वैशाख १६ गतेका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले अधिवेशन आह्वानसम्बन्धी पत्र आइतबार संसद् सचिवालयमा पठाएकी छन् ।
यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस हुनेछ । अन्य अत्यावश्यक विधेयकहरु पनि अघि बढाउने सरकारको तयारी छ ।