एसीसीका लागि नेपाली क्रिकेट टोलीको घोषणा, को–को परे ?

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, ४ बैशाख – थाइल्याण्डमा आयोजना हुने एसीसी (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि बुधवार १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

वैशाख ७ देखि १५ गतेसम्म हुने प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् । छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की छन् ।

तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् । वैकल्पिकतर्फ अभिशेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल वैशाख ७ गते म्यान्मासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । नेपाली टोली बिहीवार थाइल्याण्ड जानेछ ।

समूह ए’ मा रहेको नेपालको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us