
काठमाण्डु, ३ वैशाख– सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ ।
सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा ट्याक्सी दर्ता खुलाउन काम भइरहेको बताए । नागरिक दैनिकबाट