
एजेन्सी । आगामी महिना इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले विराट कोहलीको कप्तानीमा सोमबार विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा कप्तान कोहलीसँगै उपकप्तान रोहित शर्मा, महेन्द्र सिंह धोनी, लोकेश राहुल, केदार जादब, कुलदीप यादब, हार्दिक पाण्ड्या, विजय शंकर, दिनेश कार्तिक, भुवनेश्वर कुमार र रबिन्द्र जडेजा छन् ।
यस्तै शिखर धवन, युजभेन्द्र चाहल, जसप्रित बुमराह र मोहमद शामी टोलीमा अटाएका छन् । अम्बाती रायडु र ऋषभ पन्तले टोलीमा स्थान पाएनन् ।
विश्वकपमा भारतको पहिलो खेल दक्षिण अफ्रिकाविरूद्ध जुन ५ मा खेल्नेछ ।