काठमाण्डु, १८ चैत – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले भीषण हावाहुरीका कारण बारा र पर्सामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । इन्डियन प्रिमियर लिग(आईपीएल)मा व्यस्त रहेका सन्दीपले सोमबार ट्वीट गरी दुःख व्यक्त गरेका हुन् ।
‘भीषण आँधीका कारण बारा, कलैया८मा थुप्रैले ज्यान गुमाएको सुनेर साह्रै दुःख लागेको छ’ सन्दीपले भनेका छन् ।, ‘घाइतेको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ ।
यस संवेदशील घडीमा पीडितलाई सहयोग गर्न उनले आह्वान गरेका छन् । आईपीएलमा सोमबार बेलुका सन्दीपको टोली दिल्ली क्यापिटलले पञ्जाबको सामना गर्दैछ ।