काठमाण्डु, ८ चैत – एन्फाका पूर्व अध्यक्ष गणेश थापाले नेपाली महिला खेलाडीलाई प्रदेश १ को सरकारले जनही २ लाख पुरस्कार दिने घोषणा गरेकोमा खुसी व्यक्त गरेका छन् ।
‘यो घोषणाले महिला राष्ट्रिय खेलाडीहरुको हौसला बड्नेछ यसको लागि मुख्यमन्त्रीजयूलाई हार्दिक बधाई दिन चाहन्छु,’ थापाले लेखेका छन्, ‘यो प्रदेशको टिम नभई नेपाली राष्ट्रिय टिम भएको हुँदा सबै मुख्य मन्त्रीज्यूहरुले पनि खेलाडीको हौसलाको निम्ति यस्तै किसिमको घोषणा गर्नुहुनेछ भन्ने आशा गरेको छु ।’
थापाले आजको फाइनलमा भारतलाई हराएर ऐतिहासिक जितका निम्ति राष्ट्रिय महिला फुटबल टिमलाई शुभकामना दिएका छन् ।
आज नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसीपको फाइनलमा भारतविरुद्ध भिड्दैछ । यदि भारतलाई हराएर पहिलोपटक उपाधि जितेमा प्रत्येक खेलाडीलाई दुई लाख रुपैयाँ दिने घोषण प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।