काठमाण्डु, ७ चैत – सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ६० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ५९ हजार ७ सय मा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो ।
सुनको भाउ आज प्रति औंस १३ सय १९ डलर छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ ।