कोलकोता उडान भर्न बुध्दले ल्यायो १२औं एटीआर निमान

काठमाण्डु टुडे २०७५ चैत ५ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, ५ चैत्र – निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं विमान एटिआर ७२–५०० नेपाल भित्र्याएको छ ।

नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो (सोमबार) बेलुकी ८ः३० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाण्डुमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ ।

एटिआर ७२–५०० फ्रान्सको टुलुजस्थित कम्पनीद्वारा निर्मित विमान हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएका थिए ।

नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्ने बुध्द एयरले जनाएको छ । थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने छ ।

बुध्द एयरको एटिआर ७२–५०० ले आगामी जेठ १३ बाट भारतको कोलकोता पनि उडान भर्नेछ । भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us