रोनाल्डोले देखाए गुप्ताङ्ग !

काठमाण्डु टुडे २०७५ चैत ५ गते १२:२० मा प्रकाशित

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक पूरा गरेपछि आफ्नो दुई हातले गुप्ताङ्ग देखाएका युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई युइएफएले कारबाही गरेको छ ।

उनको सेलिब्रेसन अत्यन्त अश्लिल भएको भन्दै युइएफएले उनलाई १८ हजार पाउण्ड जरिवाना गरेको हो । एट्लेटिकोका प्रशिक्षक डियगो साइमनलाई जबाफ स्वरुप उनले त्यस्तो हर्कत गरेको केही समिक्षकहरुले बताएका थिए । अन्तत उनलाई कारबाही भएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा एट्लेटिकोविरुद्ध उनले ह्याट्रिक गरेका थिए । क्वाटरफाइनलमा युभेन्ट्सले आयाक्ससँग आमनेसामने गर्दैछ । मिडिया रिपोर्टका अनुसार रोनाल्डोको बारेमा पूर्ण निर्णय भने मार्च २१ मा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us