काठमाण्डु, २ चैत–अब नेपालमै चार पाङ्ग्रे गाडी उत्पादन हुने भएको छ ।
कोरियन कम्पनी मेट्रोक्सलाई सरकारले नेपालमै गाडी बनाउने अनुमति दिएको हो । लगानी बोर्डको बैठकले कोरियन कम्पनीले नेपालमै चार पाङ्ग्रे सवारी ‘एसेम्बल’ गर्ने युनिट राख्न अनुमति मागेको थियो । त्यसलाई बोर्डले स्वीकार गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ महाप्रसाद अधिकारीले जानकारी दिए । उक्त कम्पनीले कार, जिप लगायत चार पाङ्ग्रे सवारी निर्माणको काम नेपालको बुटवलबाट गर्ने छ ।