शेयर बजार : दोहोरो अङ्कको वृद्धि

रासस २०७५ फागुन २८ गते १८:२८ मा प्रकाशित

काठमाण्डु, १८ फागुन- शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.३३ अङ्कले वृद्धि भई एक हजार १६३.२६ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२१ विन्दुले बढेर २४७.४७ विन्दुमा पुगेको छ । कारोवार रकममा पनि आज उल्लेख्य मात्रामा वृद्धि भएको छ । कूल १७६ कम्पनीको १९ लाख ५४ हजार ५६ कित्ता शेयर रु ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ २२.२८, व्यापार ५.३२, होटल २२.९४, विकास बैंक १८.७६, जलविद्युत् ३२.१२, वित्त ५.२१, निर्जीवन बीमा २९.९२, उत्पादन ३२.२९, अन्य ७.६८, लघुवित्त ९.९३ र जीवन बीमा ७७.१७ विन्दुले बढेको छ ।

कारोवारका आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड १५ लाख ५७ हजार १५९, एनसिसी बैंक रु तीन करोड ११ लाख नौ हजार ४७६, प्रभु बैंक रु दुई करोड ८३ लाख ९६ हजार २०५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु दुई करोड ३४ लाख ४२ हजार १५२, नेपाल लाइफ इस्योरेन्स कम्पनी रु दुई करोड आठ लाख ९५ हजार ६२ को कारोवार भएको छ ।

स्टकका अनुसार सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्था ९.८७, हिमालयन पावर पार्टनर ९.५५, कालिका पावर कम्पनी ८.७९, सानिमा इक्विटी फण्ड ७.४६, नेशनल हाइड्रो पावर कम्पनी ७.२५, अरुण काबेली पावरका शेयरधनीले ६.६३ प्रतिशतले कमाएका छन् । यस्तै, सिपटजन म्यूचल फण्ड १.९२, सगरमाथा इस्योरेन्स कम्पनी १.५०, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था १.३०, आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले १.२३ गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us