काठमाण्डु, ७ फागुन – इन्डियन प्रिमियर लिग आइपिएलको खेल तालिका सार्वजनिक भएको छ ।
मंगलबार नेपाली लेग स्पिनिर सन्दीप लामिछानेको सहभागिता रहने बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग आइपिएलको पहिला १७ खेल तालिका सार्वजनिक भएको हो ।
तालिका अनुसार सन्दीपको टोली दिल्ली क्यापिटलले चालु अंग्रेजी वर्षको २४ मार्च अर्थात चैत १० गते मुम्बई इण्डियनन्ससँग पहिलो खेल खेल्नेछ । मुम्बई इन्डियन्स रोहित शर्माको टिम हो ।
गएको आइपिएलका सुरुवाती खेल बेन्चमा बिताएका र पछिल्ला खेलमा उल्लेखनीय प्रदर्शन देखाएका सन्दीप पहिलो रोजाईमा परे भने उनले सुरुमै मुम्बईविरुद्ध बलिङमा उत्रन पाउनेछन् ।
आइपिएलले सार्वजनिक गरेको खेल तालिका अनुसार सन्दीपको टोलीले १२ चैतमा दोस्रो खेल आफ्नै गृह मैदानमा चेन्नाईको सामना गर्नेछ । चेन्नाई महेन्द्रसिँह धोनीको टिम हो ।