सन्दीपको कमाल, एकै ओभरमा लिए तीन विकेट

काठमाण्डु टुडे २०७५ माघ १२ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, १२ माघ – यूएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल जिततर्फ उन्मुख भएको छ ।

२४३ रनको लक्ष्य दिएको नेपालका बलरहरुले यूएईका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएका छैनन् । सुरुमा सोमपाल कामीले लगातार ४ विकेट लिएका थिए ।

पाँचौं विकेटका लागि सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे । तर, १५ औं ओभरमा सन्दीपले यूएईको तीन विकेट लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us