
काठमाण्डु, १२ माघ – यूएईविरुद्धको एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालको दुई विकेट गएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका दुवै जना ओपनर ब्याट्सम्यान आउट भएका हुन् ।
पहिलो विकेटका रुपमा विनोद भण्डारी आउट भएका थिए । ६१ रनमा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेट ६७ रन हुँदा गुमाएको छ । ६७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ४४ रनमा आउट भएका हुन् । उनी जहोर खानका बलमा इमरान हैदरबाट क्याच भएका थिए । पहिलो विकेटका रुपमा आउट भएका विनोद भण्डारीले २१ रन जोडे । उनी अमिर हायातको बलमा अश्फाक अहमेदबाट क्याच आउट भएका थिए ।
उनले ४६ बलमा दुई चौका प्रहार गर्दै २१ रन जोडेका थिए । उनी र ज्ञानेन्द्र मल्लको यो साझेदारी ६१ रनको थियो । अहिले क्रिजमा पारस खड्का र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।