नेपाल ११३ रनमा अलआउट

काठमाण्डु टुडे २०७५ माघ ११ गते १४:११ मा प्रकाशित

काठमाण्डु, ११ माघ – युएईमा जारी घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङलाई कायम राखेको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा अलआउट हुँदै ११३ रन बनायो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। यस्तै आरिफ शेखले २५ रन बनाउँदा कप्तान पारस खड्काले २० रन जोडे ।

सन्दिप लामिछानेले १५ रन बनाउनुबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् । ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै शून्य रनमा आउट हुँदा सातौं ओभरमा नेपालले दोस्रो विकेट गुमाएको थियो ।

त्यसपछि टिमको स्कोर ५० रन नपुग्दै महत्वपूर्ण चार विकेट गुमाइसकेको नेपाललाई सोमपाल कामीले केही उकासे ।

सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारीलाई ५ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई २० रनमा तेस्रो विकेटका रूपमा गुमाएको थियो । १२औं ओभरको अन्तिम बलमा कप्तान खड्का ३६ बल खेल्दै ३ चौका प्रहार गरेर आउट भए ।

यस्तै १३औं ओभरको चौथो बलमा अर्का भरपर्दा ब्याट्मेन दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए ।

त्यसपछि आएका सोमपाल कामीले ३० रनसम्म बनाए। २२ ओभरको तेस्रो बलमा पवन सरार्फ ४ रनमा आउट भए पछि नेपाली इनिङ्स धरमरायो ।

अर्का बिस्फोटक ब्याट्मेन करन केसी २४औं ओभरको तेस्रो बलमा ३ रन जोडेर आउँट हुँदा २५ औं ओभरको पाँचौ बलमा बसन्त रेग्मी शून्य रनमा आउट भए ।

त्यसपछि नेपालको इनिङ्सलाई आरिफ शेख र सन्दिप लामिछानेले १०० रन कटाए ।

३० औं ओभरमा आरिफ २५ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि नेपाल थप संकटमा पर्‍यो ।

युएईका लागि सुरूवाती कप्तान मोहम्मद नाभिद र आमिर हायातले ३–३ विकेट लिँदा इमरान हैदारले २ विकेट लिए । क्वादेर अहमदले १ विकेट लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us