नेपालको खराब ब्याटिङ, आठौं विकेट झर्यो

काठमाण्डु टुडे २०७५ माघ ११ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, ११ माघ – एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले युएईविरुद्ध खराब ब्याटिङ गरेको छ ।

नेपालले आठौं विकेटको रुपमा बसन्त रेग्मीलाई शून्य रनमै गुमाएको छ । यसअघि सातौं विकेटको रुपमा करण केसीलाई तीन रनमा गुमाएको छ । २४ ओभरको खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर मात्र ८० रन बनाएको छ ।

नेपालका लागि कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । सोमपाल कामीले ३० र कप्तान पारस खड्काले २० रन बनाए पनि अन्य खेलाडी सस्तैमा आउट भए ।

नेपालका लागि विनोद भण्डारी पाँच, पवन सर्राफ चार रनमा आउट भए । त्यस्तै, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी शून्य रनमै आउट भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us