एक्सेल्सियर कप भोलिबाट सुरू

काठमाण्डु टुडे २०७५ माघ ८ गते १७:५४ मा प्रकाशित

काठमाण्डु, ८ माघ – द एक्सेल्सियर स्कुलको आयोजनामा सातौं एक्सेल्सियर कप बुधबारदेखि सुरु हुदैछ ।


एक्सेल्सियर कपमा फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका भाइस प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

फुटसलमा यु–१२ र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । फाइभ ए साइडको स्वरुपमा हुने दुवै उमेरसमूहको फुटसलमा समान १६–१६ टिमको सहभागिता रहनेछ । यु–१२ मा राजश्री गुरुकुल र यु–१६ मा माउन्ट ग्लोरी डिफेन्डिङ च्याम्पियन हुन् ।

बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा १३ र गल्र्समा १२ टिमको सहभागिता निश्चित भएको आयोजकले जानकारी गरायो । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा सेब र गल्र्समा स्किब्स साविक विजेता हुन् । फुटसल र बास्केटबल दुवै लिग कम नकआउट आधारमा खेलाइने छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ रुपैयाँ खर्च हुनेछ । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us