
एजेन्सी । भारतीय कप्तान विराट कोहली एक वर्षमा आइसीसीले प्रदान गर्ने तीन महत्वपूर्ण अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।
मंगलबार आइसीसीले उनलाई सन् २०१८ को प्रदर्शन मध्यनजरगर्दै आइसीसी वर्ष खेलाडी, आइसीसी मेन्स टेस्ट प्लेयर अफ द इयर, आइसीसी ओडिआई प्लेयर अफ द इयर प्रदान गरेको हो ।
तीन महत्वपूर्ण अवार्डसँगै कोहलीलाई सन् २०१८ को आइसीसी टेस्ट र आइसीसी ओडिआइको सर्वश्रेष्ठ कप्तान समेत घोषित भए ।
कोहलीले गतवर्ष १३ टेस्ट क्रिकेटमा १३ सय २२ रन बनाएका थिए । १४ ओडिआई खेल्दा १२ सय २ रन, त्यस्तै टिट्वान्टीमा २ सय ११ रन बनाउन सफल भए ।
एक क्यालेण्डर वर्षमा आइसीसीको सबै महत्वपूर्ण उपाधि जितेर किर्तिमान राख्न पाउँदा आफू निकै खुशी भएको कोहलीले बताए ।