बीपीएल खेलिरहेका सन्दीप नेपाल फर्किए

काठमाण्डु टुडे २०७५ माघ ७ गते १५:३३ मा प्रकाशित

काठमाण्डु ७ माघ – बंगलादेश प्रिमियर लिग (बीपीएल) मा खेलिरहेका सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । नेपालले युएईसँग खेल्ने एक दिवसीय र टी–२० सिरिजका लागि उनी बीपीएल छाडेर फर्किएका हुन् ।

अस्ट्रेलियाको बिग ब्यास लिग खेलिरहेका सन्दीप त्यहाँबाट बीचमै बीपीएलका लागि बंगलादेश आएका थिए । बिग ब्यासमा ४ खेल र बीपीएलमा ६ खेल खेलेका उनी सोमबार दिउँसो नेपाल आइपुगेका हुन् ।

युएईमा हुने सिरिजका लागि नेपाल मंगलबार त्यसतर्फ जाँदै छ । युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारेखमा खेल्नेछ । नेपालले २६ तारिखमा दोस्रो एक दिवसीय र २८ तारेखमा अन्तिम एकदिवसीय खेल्नेछ ।

नेपालले पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्नेछ । त्यस्तै, दोस्रो फेब्रुअरी एक र तेस्रो फेब्रुअरी तीन मा खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us