स्पेनिस ला लिगाः एट्लेटिको मड्रिडलाई च्यालेन्ज दिँदै बार्सिलोना

काठमाण्डु टुडे २०७५ माघ ७ गते १०:४३ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंगको दुरी पुन ५ अंकमा पुर्याएको छ ।

जारी लिगमा १४ औँ जित निकाल्ने क्रममा बार्साले लेगानेसलाई ३–१ ले हरायो । ओस्माने डेम्बेले, लुईस स्वरेज र लियोनल मेसीले गोल गर्दै बार्सालाई सहज जित दिलाएको थिए । २० खेलबाट बार्सिलोना ४६ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

गएराती नै लेभान्तेले रियल भल्लाडोलिडलाई २–० ले हराउँदा जेरोना रियल बेटिससँग ३–२ ले स्तब्ध भयो । भियारियल र एथ्लेटिको बिल्वाओले एक एकको बराबरी खेल्दा रायो भल्कानो र रियल सोसिडाड २–२ को बराबरीमा रोकिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us