ओडिआई र टी २० का लागि पारसको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा(नामसहित)

काठमाण्डु टुडे २०७५ माघ ६ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, ६ माघ – युएई विरुद्ध यही जनवरी २५ देखि फेब्रुअरी ३ सम्म हुने ओडिआई र टी २० आई सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

पहिलो चरणमा छानिएका २० खेलाडीबाट १६ सदस्यीय अन्तिम टोली आइतवार घोषणा भएको हो ।

जसमा चार युवा खेलाडीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । भिम शार्की, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोराले युएई विरुद्धको सिरिजका लागि टिममा स्थान बनाएका हुन् ।

यस्तो छ टोलीः

पारस खड्का (कप्तान),
ज्ञोनेन्द्र मल्ल,
अविनास बोहरा,
बसन्त रेग्मी,
भिम सार्की,
विनोद भन्डारी,
दीपेन्द्रसिंह ऐरी,
करण केसी,
ललितनारायण राजवंशी,
आरिफ शेख,
पवन सर्राफ,
प्रदीप ऐरी,
रोहितकुमार पौडेल,
सन्दीप लामिछाने,
सोमपाल कामी,
सन्दीप जोरा,

यूएईविरुद्धको खेल तालिका:

माघ ११ गते, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय
माघ १२ गते, दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय
माघ १४ गते, तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय
माघ १७ गते, पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय
माघ १८ गते, दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय
माघ २० गते, तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us