विवेकशील साझाका प्रवक्ता आचार्य जब पत्रकार सम्मेलनमै ‘भक्कानिए’ !

काठमाण्डु टुडे २०७५ पुष २८ गते १५:४० मा प्रकाशित

काठमाण्डु, २८ पुस – विवेकशील साझाका पार्टी प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएका छन् । पार्टी फुटले सबैमा पीडा थपेको भन्दै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनको कार्यक्रमस्थलमै भक्कानिएका हुन् ।

उनी सुक्क सुक्क गर्दै रुन थालेपछि संयोजक रवीन्द्र मिश्रले उनलाई हातको इशाराले सम्झाएका थिए । प्रवक्ता आचार्य भक्कनिएपछि कार्यक्रममा उपस्थित सबै भावुक बनेका थिए ।

उनले पार्टीमा मतभेद भए पनि आफूहरु पार्टी नै फुटछ भन्ने निष्कर्षमा नपुगेको दावी गरे । वैकल्पिक शक्तिको निर्माणका क्रममा आए पनि आफूहरु नयाँ र अपरिपक्व भएका कारण कमजोरीहरु भएको हुन सक्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा संयोजक रवीवन्द्र मिश्र, नेता मुमराम खनाल कर्णाली प्रदेशका संयोजक गेहन्द्र दाहाल लगायत उपस्थित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us