
एजेन्सी–पाकिस्तान सेनाका अनुसार ओरकजई र खैबर कबायली इलाकाका बीचको सीमामा गरिएको कारवाहिमा चरमपन्थीको एक समूह मारिएको छ ।
सेनाले दावि गरेको छ कि यस हमलामा १६ चरमपन्थी मारिएका छन् भने २० जना घाइते भएका छन् ।
तर पनि हमलाबारे अझै सम्म कुनै पुष्टि भएको छैन ।
सेनाले आफ्नो विज्ञप्ती मार्फत बताएको छ कि आफुले गरेको हवाई हमलामा कैयौँ चरमपन्थी कमाण्डर पनि मारिएका छन् ।