प्रहरी अधिकृत पोशाकमै डान्सबारमा युवतीसँग नाचेपछि…

काठमाण्डु टुडे २०७१ पुष १२ गते ३:५४ मा प्रकाशित

danceकाठमाण्डु– भारतमा एक प्रहरी अधिकृत पोशाकमै डान्सबारमा युवतीसँग नाचेको विषय बाहिर आएपछि हंगामा मच्चिएको छ ।

गुजरात राज्यका सब इन्स्पेक्टर डिसी सोनाल्की डान्सबारमा युवतीसँग नाचेका हुन् । उनी डान्सबारमा युवतीसँग नाचेको भिडियो भारतभर भाइरल बनेको छ । सामाजिक सञ्जालहरुमा लाखौंले उक्त भिडियो अपलोड गरेका छन् ।

उनी दबंग फिल्ममा सलमान खान नाचेकै शैलीमा युवतीसँग नाचेका छन् । नाच्ने क्रममा उनले बीचबीचमा पटकपटक युवतीलाई पैसा दिएको देखिन्छ । यसैबीच युवतीसँग नाच्ने सोनाल्कीमाथि कारबाही हुने भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनका त्यस सम्बन्धमा छानबिन थालिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us