विद्यालयमा आक्रमण गरी १ सय ५० को हत्या गर्ने तालिवान कमाण्डर मारिए

काठमाण्डु टुडे २०७१ पुष ११ गते १४:४३ मा प्रकाशित

peshawar_school_attackकाठमाण्डु, ११ पुस– पाकिस्तानको पेसावरस्थित एक विद्यालयमा आक्रमण गरी ५० बढी स्कुले विद्यार्थीको हत्या गर्ने तालिवानी लडाकु कमाण्डर मारिएका छन् ।

पाकिस्तानी जातीय इलाका खैबरमा भएको कारबाहीमा सद्दाम नामका ती कमाण्डर मारिएको सेनाले जनाएको छ ।

पाकिस्तानी सैनिक अधिकारीहरुको हवाला दिएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार पेसावर आक्रमणका लागि उनले सबै प्रकारले सहयोग गरेका थिए ।

गतहप्ता पेसावर सहरमा पाकिस्तानी सैनिकले सञ्चालन गरेको एक विद्यालयमा भएको हमलामा बालबालिकासहित १ सय ५० जनाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us