
धनगढी, ९ पुस– विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न चचिर्त ‘एक पैसा अभियान’ सञ्चालन गरेको सुदूरपश्चिमवासी यतिबेला अर्को संवेदनशील प्रयोजनका लागि त्यही अभियान दोहोर्याउँदै छन् ।
कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा सेती अञ्चल अस्पतालमा सघन उपचार कक्ष आइसियु स्थापना गर्न अभियान सुरु भएको छ । सुदूरपश्चिमका कुनै अस्पतालमा आइसियु नभएका कारण दुर्घटनाका गम्भीर घाइते वा अन्य बिरामी रिफर भएर जानुपर्ने अवस्था छ । जसले गर्दा कयौंको बाटोमै मृत्यु भएको घटनासमेत छन् ।
कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष शंकर बोगटीले गेटा विमानस्थल पुननिर्माणमा सफल सूत्र विस्तारित हिसाबले प्रयोग गर्न लागेको बताएका छन् ।
उनका अनुसार एक पटक सुदूरपश्चिमको हरेक पेसा र क्षेत्रका मानिसलाई समेटन लागिएको छ । । ‘हामी एक पैसा माग्छौं तर दिनेले जति दिए पनि लिन्छौं’, उनले भने, ‘सुरुवात राम्रो भएको छ ।’ उनका अनुसार केही दिनमै १५ लाख संकलन भइसकेको छ ।
कान्तिपुर दैनिकबाट